नेपालमा अझै ८८ लाख कोरोनाविरुद्धको खोप आवश्यक

काठमाडौं । सरकारले नेपालमा अझै ८८ लाख भन्दा बढी कोरोना भाइरसविरुद्धको खोप आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ । बुस्टर खोप लगाउन ८८ लाख भन्दा बढी खोप आवश्यक पर्ने प्रारम्भिक अनुमान गरेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले जानकारी दिए ।

सरकारले अहिलेसम्म भेरोसेल, कोभिसिल्ड, अस्ट्राजेनेका, मोर्डना, फाइजर र जोन्सन एण्ड जोन्सन गरी विभिन्न माध्यमबाट चार करोड ७८ लाख ८२ हजार आठ सय मात्रा खोप प्राप्त गरेको छ ।

नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको १३ महिनामा कुल जनसंख्याको तीन करोड ७१ लाख २५ हजार ७३२ मात्रा लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमा एक करोड ८४ लाख ८८ हजार ३० जनाले एकमात्रा खोप लगाएका छन् भने एक करोड ७४ लाख ९० हजार ४७३ जनाले पूर्णमात्रा खोप लगाएका छन् ।

हालसम्म नेपालमा ११ लाख ४७ हजार २२९ जनाले जनाले अतिरिक्त मात्रा डोज लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । स्वास्थ्य मन्त्रालयअनुसार कुल जनसंख्यामा दुई करोड १५ लाख ७५ हजार २३ अर्थात ७३.९ प्रतिशतले एक मात्रा एक करोड ७४ लाख ९० हजार ४७३ जना अर्थात ५९.९ प्रतिशतले पूर्णमात्रा र जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

१८ वर्ष माथिका लक्षित जनसंख्यामा एक करोड ८२ लाख ३७ हजार ४४६ अर्थात् ९१.५ प्रतिशतले एकमात्रा र एक करोड ५७ लाख नौ हजार ६८६ अर्थात ७८.९ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।

त्यस्तै, लक्षित जनसंख्याको १२ वर्ष माथिका ३० लाख ६२ हजार ३१३ जना अर्थात ८९ प्रतिशतले एक मात्रा र १६ लाख २८ हजार ५९२ जना अर्थात ४८ प्रतिशतले पूर्णमात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ।

नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको १३ महिनाको अवधिमा कुल जनसंख्याको तीन करोड ७१ लाख २५ हजार ७३२ मात्रा लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमा एक करोड ८४ लाख ८८ हजार ३० जनाले एकमात्रा खोप लगाएका छन् भने एक करोड ७४ लाख ९० हजार ४७३ जनाले पूर्णमात्रा खोप लगाएका छन् । हालसम्म नेपालमा ११ लाख ४७ हजार २२९ जनाले जनाले अतिरिक्तमात्रा डोज लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कुल जनसंख्यामा दुई करोड १५ लाख ७५ हजार २३ अर्थात ७३.९ प्रतिशतले एक मात्रा एक करोड ७४ लाख ९० हजार ४७३ जना अर्थात ५९.९ प्रतिशतले पूर्णमात्रा र जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

१८ वर्ष माथिका लक्षित जनसंख्यामा एक करोड ८२ लाख ३७ हजार ४४६ अर्थात ९१.५ प्रतिशतले एकमात्रा र एक लकरोड ५७ लाख नौ हजार ६८६ अर्थात ७८.९ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । त्यस्तै, लक्षित जनसंख्याको १२ वर्ष माथिका ३० लाख ६२ हजार ३१३ जना अर्थात् ८९ प्रतिशतले एक मात्रा र १६ लाख २८ हजार ५९२ जना अर्थात ४८ प्रतिशतले पूर्णमात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।