कर्णालीमा मन्त्रिपरिषद् गठन


सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् गठन भएको छ । आज मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् गठन गरेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् गठन गरिएको हो ।

जसमा आर्थिक मामिला तथा योजना मन्त्रीमा महेन्द्र के.सी, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा बिनोद कुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा दुर्ग बहादुर रावत, भौतिक पुर्वाधार तथा शहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, जलस्रोत तथा उर्जा विकास मन्त्रीमा रनसिंह परियार, सामाजिक विकास मन्त्रीमा वीरबहादुर शाही र भौतिक पुर्वाधार तथा शहरी विकास मन्त्रालयमा गमता वि.क नियुक्त भएका हुन् ।