कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री कँडेलले लिए सपथ


सुर्खेत । कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आज प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री कँडेललाई शपथ गराएका हुन् ।

कँडेलले आजै पदबहाली समेत गरेका छन् । प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री कँडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

नेकपा एमाले प्रदेश संसदीय दलका नेता कँडेल एमालेसहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) को समर्थनमा हिजो मङ्गलवार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।