प्रधानमन्त्री पत्नीको निधनपछि काँग्रेस केन्द्रीय समिति बैठक साउन २ सम्म स्थगित


सुर्खेत । प्रधानमन्त्री पत्नी सीता दाहालको निधनपछि काँग्रेस केन्द्रीय समिति बैठक साउन २ सम्म स्थगित भएको छ । आज बस्ने भनिएको नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री दाहालकी पत्नी सीताको निधनपछि काँग्रेस केन्द्रीय समितिले बैठक स्थगित गरेको हो । अब केन्द्रीय समितिको बैठक साउन २ गतेदेखि बस्ने नेपाली काँग्रेसका एक पदाधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा आज बिहान नर्भिक अस्पतालमा निधन भएको छ ।