दार्जिलिङसँग जोडिएको इलामको सीमा नाका बन्द


सुर्खेत । भारतको दार्जिलिङसँग जोडिएको इलामको सीमा नाका बन्द गरिएको छ । मंगलबार साँझ ६.१५ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि भारतीय पक्षले बोर्डर सिल गरेको हो ।

पश्चिम बंगाल राज्यस्थित दार्जिलिङ जिल्लामा वैशाख १४ गते हुने लोकसभा चुनावलाई लक्षित गर्दै सीमा नाका सिल गरिएको हो । इलामको सन्दकपुर, कालपोखरी, टंलु, तुम्लिङ, मेघ्मा, मानेभञ्ज्याङ, पशुपतिनगर, छब्बिस र समालबुङका नाकाहरू सिल भएको छ ।

यस्तै यता नेपालमा इलाम २ मा बैशाख १५ मा हुने उपनिर्वाचनलाई लक्षित गरेर नेपाल सरकारले बुधबार राति १२ बजेदेखि ७२ घण्टाका लागि नेपाल भारत सीमा क्षेत्र सिल गर्ने भएको छ ।