अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो र पाउण्ड घट्यो


सुर्खेत । राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।

आज अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ १७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७७ पैसा रहेको छ। आइतबार पनि सो भाउमा अमेरिकी डलरको खरिदबिक्री भएको थियो ।

त्यसैगरी, सोमबार युरो एक रुपैयाँ १९ पैसाले घटेको छ । आज युरो एकको खरिददर १ सय ४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ ३७ पैसा रहेको छ। आइतबार भने यसको खरिददर १ सय ४१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ ५६ पैसा तोकिएको थियो ।

आज बेलायती पाउन्ड ३१ पैसाले घटेर सोमबार पाउण्ड एकको खरिददर १ सय ६५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १ सय ६६ रुपैयाँ ५६ पैसा तोकिएको छ। यसअघि आइतबार पाउन्ड एकको खरिददर १ सय ६६ रुपैयाँ १२ पैसा र बिक्रीदर १ सय ६६ रुपैयाँ ८७ पैसा थियो।

त्यसैगरी सोमबारको लागि अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ०९ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४८ पैसा कायम गरिएको छ। सोमबार क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ६८ पैसा र बिक्रीमा ९७ रूपैयाँ ११ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ६९ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ७३ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४० पैसा तथा बिक्री दर १८ रूपैयाँ ४८ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६५ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६९ पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी, सोमबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ५२ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६९ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ५० पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४२ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार २७ रूपैयाँ ९२ पैसा र बिक्रीदर २८ रूपैयाँ ०४ पैसा कायम गरेको छ ।

यसैगरी, आजको लागि कुवेती दिनार एकको खरिददर ४ सय ३२ रुपैयाँ १६ र बिक्रीदर ४ सय ३४ रुपैयाँ ११ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३ सय ५३ रुपैयाँ २४ पैसा र बिक्रीदर ३ सय ५४ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ