मन्त्रिपरिषद् बैठक : संसद अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बसेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार अपरान्ह बस्ने गरी बोलाएको मन्त्रिपरिषद् बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। मन्त्रिपरिषद्ले आजै राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिकहाँ सिफारिस गरेको हो।


मन्त्रिपरिषद् नियमित रुपमा सोमबार बस्ने तालिका थियो। तर हिजो बस्न नसकेपछि मंगलबारका लागि बोलाइएको बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।

६ महिनाभन्दा लामो समयदेखि प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा दुवै सदनमा अवरोध गरिरहेको थियो। भदौ २३ यता एमालेले संसद अवरोध गरे पनि सरकाले अमेरिकी सहायता सम्झौता एमसीसी जवरजस्ती पास गरिसकेको छ।

संसद चल्न नसकेको अवस्थामा सरकारले चालु संसद अधिवेशन अन्त्य गरेको हो। सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संसद अधिवेशन अन्त्य गरेको जानकारी दिएका छन्।