सुर्खेत । इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा भोलि शनिवार हुने उपनिर्वाचनको तयारी पूरा भएको छ ।
निर्वाचन आयोगले उपनिर्वाचनको तयारी पूरा भएको र मतदातालाई निर्धक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेको छ । बिहान ७ बजेदेखि शुरु हुने मतदान बेलुका ५ बजेसम्म चल्नेछ ।
इलाम–२ बाट प्रतिनिधि सभामा निर्वाचित सुवासचन्द्र नेम्वाङको मृत्यु भएकाले त्यहाँ उपनिर्वाचन हुन लागेको हो । त्यस्तै बझाङ–१ (क) मा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो ।
फरकबाटो १४ बैशाख २०८१, शुक्रबार २०:४६