सुर्खेतमा पनि मनाइयो यःमरी पुन्ही


सुर्खेत । यसपटक कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पहिलो पटक यःमरी पुन्ही भब्यताकासाथ मनाइएको छ । नेवाः मिसा दबु सुर्खेतको प्रथम अधिवेशन सहित भव्यताकासाथ यःमरी पुन्ही मनाइएको नेवाः मिसा दबु सुर्खेतका अध्यक्ष उर्मिला श्रेष्ठले बताईन् ।

कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता ध्रुवकुमार श्रेष्ठले समुदायको शैक्षिक, आर्थिक रूपमा परिवर्तन सहित कला, साँस्कृति जर्गेनामा लागेकोमा सम्पूर्णलाई धन्यवाद दिए ।

अधिवेशनले रुक्मणी श्रेष्ठलाई अध्यक्षलाई निर्विरोध चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा लक्ष्मी कार्की प्रधान (सिया), सचिवमा लक्ष्मी श्रेष्ठ मानन्धर, कोषाध्यक्षमा कृष्णा श्रेष्ठ र सहसचिवमा विद्याश्वरी श्रेष्ठलाई निर्विरोध चयन भएका हुन् । यस्तै सदस्यहरूमा उमा श्रेष्ठ, कबिता श्रेष्ठ, रूपा श्रेष्ठ, चण्डेश्वरी ह्यूजु, हरिमाया श्रेष्ठ, सीता श्रेष्ठ र गिता श्रेष्ठ निर्विरोध चयन भएका हुन् ।

के हो यःमरी  ?

हेमन्त ऋतुको नेपाल सम्बतको दोस्रो महिना थिंलाको पूर्णिमा पहिलो पूर्णिमा अर्थात धान्य पूर्णिमाका दिनमा नेवार जातिले यो पर्व मनाउने गर्दछने । यो दिन विशेष प्रकारको बनाइने परिकारलाई यःमरी भनिन्छ ।

नेपाल भाषामा यः भनेको मनपर्ने र मरि भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ । यःमरी लाई पञ्चतत्वको रुपमा पनि स्वीकार गर्छन् । यःमरीमा धरतीको रुपमा चामलको पिठो, अग्नीको रुपमा चाकु, जलको रुपमा पानी, आकाशको रुपमा खाली ठाउँ र वायुको रुपमा तिललाई लिइन्छ । यःमरी खाइने भएकोले यसलाई यस् मरि पुन्ही ९यस् मरि पूर्णिमा० पनि भन्ने गरिन्छ । यहि दिन काठमाण्डौं उपत्यकाका नेवार भित्रकै ज्यापु समुदायले ज्यापु दिवसका रूपमा पनि यो पर्वलाई मनाउने गर्दछन् ।

नेवार समुदायमा विशेष किसिमको तिल, चाकु र खुवा राखेर बनाइएको चामलको पिठोबाट बनाइएको विशेष प्रकारको परिकार यःमरी खाने चलन छ । नेपाल सम्वत् अनुसार थिंलाथ्व पुन्ही अर्थात् मंसीर महिनाको शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वलाई नेवार भाषामा यस् मरि पुन्ही भनिन्छ । यस दिन नयाँ भित्र्याइएको धानको चामलबाट बनेको पिठोको विशेष परिकार खाएर यस् मरि पुन्ही मनाउने चलन छ । यस दिन नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा यस् मरि लगायत लक्ष्मी, गणेश, कुवेर, नांग्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्ति सहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी बनाई पूजा गरी चढाउने गरिन्छ ।

योमरीलाई भकारी लगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पति र अन्न लाभ हुने जनविश्वास रहिआएको छ । यसरी चढाएको यःमरी चार दिनपछि प्रसादको रूपमा परिवारमा बाँडेर खाने चलन छ । यस दिन विवाह भैसकेका चेलीबेटीलाई पनि बोलाएर खुवाउने गरिन्छ । यस् मरि पुन्हीका दिनदेखि दिन लामो हुने र यस् मरिको चुच्चो अनुसार दिन लामो हुँदै जान्छ भन्ने जनविश्वाश छ ।