कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबरालाई सर्वोच्चमा प्रवेश रोक लगाउने


सुर्खेत । कानुन व्यवसायीहरुले शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भएका छन् ।

नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनको टोलीले बिहीबार सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई भेटी शुक्रबारको आन्दोलनबारे जानकारी गराएका हुन् ।

नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च अदालत बारका उपाध्यक्ष मुकुन्द पौडेलसहितको टोलीले बिहीबार आफूहरुमाथि धरपकड गरेको विरोधमा शुक्रबार प्रधानन्यायाधीशलाई सर्वोच्चको मूल गेटमा रोक्ने जानकारी गराएको सर्वोच्च बारका सदस्य डा. रामहरि त्रिपाठीले जानकारी दिए ।

बिहीबार सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीमाथि प्रहरीले लाठीचार्ज र धरपकड गरेको थियो ।

 

साभार:अनलाईन खबर