सल्यान र जुम्लामा ट्रक दुर्घटना, ६ जना घाइते


सुर्खेत । सल्यान र जुम्लामा भएको ट्रक दुर्घटनामा ६ जना घाइते भएका छन् । सल्यानको बागचौर नगरपालिका वडा नं १ कालाखेत टोट्केमा स्थित राप्ती राजमार्ग दाङ तुल्सीपुरदेखी खाद्यन्न बोकेर रुकुमपश्तिमतर्फ जाँदै गरेको अनियन्त्रीत भई सडकदेखी करिब सय मिटर तल खसेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

भे १ ख २३९७ नं को ट्रक दुर्घटनामा परि चालक छत्रेश्वरी गाउँपालिका वडा नं ३ दारिमजिउलाका २६ वर्षीय धर्म वि.क, रोप्पा सुनसरी गाउँपालिका वडा नं २ का १९ वर्षीय प्रविन घर्तीमगर, त्यस्तै २० वर्षीय सहचालक सुदन वि.क र बागचौर वडा नं ८ का २७ वर्षीय निशान चन्द रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरु मध्ये चालक धर्म वि.क र रोल्पाका प्रविन घर्तीमगरको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै जुम्ला जिल्लाको तातोपानी गाउँपालिका वडा नं ६ रावतवाडामा सुर्खेतबाट जुम्ला सदरमुकामतर्फ जाँदैगरेको क.प्र ०२००१ख६२७ नंको मिनि ट्रक अनियन्त्रीत भई दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । घाइते हुनेहरुमा ट्रकमा सवार ट्रक साहु बराहताल गाउँपालिका वडा नं २ का ४३ वर्षीय रामबहादुर चन्द र सोही ठाउँका चालक ३१ वर्षीय मिनबहादुर सुनार रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

ट्रक सडकबाट १० मिटर तल खसेको थियो । उनीहरु दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।