वीरेन्द्रगरले निर्माण गर्यो लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति

वीरेन्द्रनगर नगरपालिका सुर्खेतले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०७८ निर्माण गरेको छ । महिला तथा सिमान्तकृत समुदायको सशक्तिकरणको लागि नीति निर्माण गरिएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ लगायतका कानुनी व्यवस्था अनुसार लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति निर्माण गरिएको हो ।

स्थानीय सरकार गठन भएको करिब ६ वर्ष पुग्नै लाग्दा वीरेन्द्रनगर नगरपालिकाले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति निर्माण गरेको छ ।

नगरपालिकाले निर्माण गरेको नीति कार्यान्वयनका लागि पाँच वर्षे रणनीतिक योजना समेत निर्माण गरिएको छ । महिला तथा सिमान्तकृत समुदायको उत्थानका लागि पाँच वर्ष सम्म विभिन्न कार्यक्रम तथा अभियान सञ्चालन गरिने योजनामा उल्लेख छ ।

आगामी पाँच वर्षमा हिंसामुक्त नगर निर्माण गर्ने योजना वीरेन्द्रनगर नगरपालिकाको रहेको छ । जसका लागि पाँच वर्षसम्म विभिन्न चेतनामुलक कार्यक्रम,अभियान, बहस,रोजगारी सृर्जना लगायतका कार्यक्रमहरु गरि हिंसामुक्त नगर निर्माणको योजना बनाइएको हो । जसका लागि आवश्यक बजेट व्यवस्थापन तथा कार्यजिम्मेवारी समेत तोकिएको छ ।

हरेक वर्ष नीति कार्यक्रम तथा बजेट निर्माणका क्रममा सामाजिक क्षेत्रलाई उल्लेख्य रुपमा समेट्ने उद्देश्य नीतिमा छ ।

 

लैङ्गिक समानता र सामाजिक समावेशीकरण नीतिमा के छ ?

वीरेन्द्रनगर नगरपालिकाले निर्माण गरेको लैङ्गिक समानता र सामाजिक समावेशीकरण नीतिमा महिला, दलित,आदिबासी जनजाति,मधेशी,अपाङ्गता भएका व्यक्ति, बालबालिका,जेष्ठ नागरिक लगायतको विकास निर्माण प्रक्रियामा सहभगिता प्रबदर््धन गर्नुका साथै महशुस हुने गरि नगरको सेवालाई पहुँचयोग्य बनाइने उल्लेख छ ।

यस्तै नगरको राजनीतिक,आर्थिक, सामाजिक तथा सार्वजनिक जीवनका सबै निर्णयक तहमा नेतृत्वका लागि महिला लगायत सिमान्कृत समुहको प्रभावकारी सहभागिता तथा समान अवसर सुनिश्चित गरिने, लै.स.सा.स.तथा लैंगिक उत्तरदायी योजना तथा बजेटको अवधारणा प्रवद्र्धन गरि यसै अनुसार नगरपालिकाको विकासको लागि योजना तथा कार्यक्रम बनाई लागु गरिने, योजना तथा बजेट निर्माण गर्दा महिला तथा सिमान्तकृत समुह आदिलाई प्राथमिकता दिई उनीहरुलाई बिकासको मुलधारमा ल्याउन आवश्यक बजेट विनियोजन गरि नीति योजना कार्यक्रमहरको प्रथामिकिरण, कार्यान्वयन तथा अनुगमन गरिने नीतिमा उल्लेख छ ।

यस्तै नगरपालिकामा निर्माण हुने हरेक सार्वजनिक संरचना अपाङ्गतामैत्री,बालमैत्री र ज्येष्ठ नागरिकमैत्री बनाइने नीति अवलम्बन गरिने, नगरपालिकाको आवधिक र बार्षिक योजना,कार्यक्रम र बजेटमा लै.स.सा.स.का सवालहरु समाबेश गर्न विषयगत शाखा महाशाखा, सरोकारवालाहरु,अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संघ–संस्था,निजि–क्षेत्र आदिलाई लै.स.सा.स. उत्तरदायी योजना तथा कार्यक्रमहरु तर्जुमा र कार्यान्वयन गर्न अभिप्रेरित, सहजीकरण र आवश्यकता अनुसार क्षमता अभिबृद्धिका लागि समन्वय तथा सहकार्य गर्ने नीतिमा उल्लेख छ ।

यस्तै वडा कार्यालयबाट विकासमा भएको लगानीको वार्षिक रुपमा लैगिंक वजेट अडिट गर्दै लैगिक वजेटमा बढी लगानी गर्ने वडालाई थप आर्थिक अनुदान दिने, महिला, बालबालिका, दलित, आदिबासी जनजाति, अपाङ्ग तथा अल्पसंख्यकहरुको मानव अधिकार लगायत बहुपक्षिय क्षेत्रमा नेपालले अनुमोदन गरेका संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय घोषणका प्रावधानहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्न नीतिहरु निर्माण गरिने, महिला, सिमान्कृत समुह तथा अपाङ्गता भएका व्यक्तिहरुको लागि आवश्यक नीति नियम तयार गरी कार्यान्वयन गरिने, नगरपालिकालाई बालमैत्री बनाउन बालमैत्री भवन, बालमैत्री शैक्षिक सामग्री, खेलकुद मैदान, पुस्तकालय, खानेपानी तथा सरसफाई, शौचालय, हिंसा पिडित बालबालिकाहरुका लागी आकस्मिक संरक्षण स्थान तथा औषधि उपचारमा सहयोग गर्ने ,नीति तथा कानुनी प्रावधानका आधारमा लक्षित कार्यक्रम तयगरी नगरमा लैङ्गिक समानता र महिला तथा किशोरीहरुको सशक्तिकरण गर्ने नीतिमा उल्लेख छ ।

वीरेन्द्रनगर नगरपालिकालाई हिंसामुक्त नगर तथा बालविवाह मुक्त नगर निर्माणका लागि यो पहिलो प्रयास भएको नगर प्रमुख मोहनमाया ढकालले जानकारी दिएकी छन् । ‘पुर्वाधार विकास मात्रै विकास होइन, उनले भनिन्“सामाजिक क्षेत्रको विकासका लागि पनि हामीले काम गर्नुछ । सोही बमोजिम लैससास नीति निर्माण गरेका हौँ ।”

राजधानीको नगरपालिका महिला तथा सिमान्तकृत समुदायका लागि सुरक्षित महशुष गर्ने खालको बनाउने उनले सुनाइन् ।