भरुवा बन्दुकसहित जाजरकोटबाट एक जना पक्राउ

सुर्खेत । भरुवा बन्दुकसहित जाजरकोटबाट एक जना पक्राउ परेका छन् । दैलेख भगवतीमाई गाउँपालिका वडा नं. ६ बस्ने वर्ष ४० का नरेन्द्र सिंह ठकुरीलाई अस्थाई प्रहरी पोष्ट सुयाडा जाजरकोटले पक्राउ गरेको हो । जाजरकोट र दैलेखको सिमानामा पर्ने मालिका दुदीला सामुदायिक बन जंगलमा शिकार गर्न हिडेका ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले प्लाष्टिकको डिब्बा भित्र तयारी अवस्थामा केप जस्तो पोका सात थान, बारुद जस्तो धुलो पदार्थ, फलामको टुक्रा, गोली दुई थान, गोली, बारुद राख्न प्रयोग गरेको पोज एक थानसहित अस्थाई प्रहरी पोष्ट सुयाडा जाजरकोटले नियन्त्रणमा लिई जिल्ला अदालत जाजरकोटमा बुझाएको थियो । भरुवा बन्दुकसहित पक्राउ परेका ठकुरीलाई जाजरकोट जिल्ला अदालत जाजरकोटबाट सात दिन म्याद थप भई अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।