असार १५ गतेसम्म ८० हजार मेट्रिक टन मल उपलब्ध हुने मन्त्री यादवको दावी

काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्रराय यादवले आउँदो असार १५ गतेसम्म ८० हजार मेट्रिक टन मल उपलब्ध हुने दाबी गरेका छन् ।

कृषि मन्त्रालयको विनियोजित बजेट सम्बन्धमा प्रतिनिधि सभामा भइरहको मन्त्रालयगत छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले साल्ट ट्रेडिङले ठेक्का लगाएको मल असार १५ गतेसम्म आइपुग्ने बताए ।

यस्तै सरकार–सरकार (जीटूजी) प्रक्रियामार्फत भारतसँग खरिद गर्ने मल पनि चाँडै ल्याउने पहल भइरहेको उनले बताए ।

‘भारत सरकारबाट यही असारभित्रमा ८० लाख मेट्रिक टन पहिलो चरणमा आउँछ । दोस्रो चरणमा डेढ लाख मेट्रिक टन बाँकी रहन्छ ।

कोभिड महामारीका कारण धेरै देशले उत्पादन गर्न नसकेको अवस्था, रसिया र युक्रेनको युद्धको कारणले पनि मलको अभाव भएको छ ।’

उहाँले सरकारले मल कारखाना निर्माणको विषय चाँडै टुङ्गो लगाउने पनि बताए ।