कर्णाली प्रदेशभर आज देउडा पर्वको अवसरमा सार्वजनिक बिदा


सुर्खेत । आज कर्णाली प्रदेशभर देउडापर्वको अवसरमा सार्वजनिक विदा दिइएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला  तथा कानुन मन्त्रालयले सुचना प्रकाशन गरि सार्वजनिक विदाको जानकारी दिएको हो ।

कर्णाली प्रदेश मन्त्रिपरिषद्ले गत २०७९, चैत्र २९ गते देउडा पर्वको अवसरमा साउन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा समेत हरेक महिनाको १ र १५ गते देउडा मेला समेत लगाउने गरिन्छ ।