
सुर्खेत । कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ।
देशका तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू९भागको एकरदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
आज राति कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। देशका तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ।
कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा तथा कोशी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एकरदुई स्थानमा हल्का वर्षा रहिमपातको सम्भावना छ ।

फरकबाटो १४ आश्विन २०८३, बुधबार १०:०६