
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध कर्णाली प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।
नेपाली कम्युनिष्ट पार्टीका र नेपाली काँग्रेसका केही सांसदहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
नेकपाका ११ जना र नेपाली काँग्रेसका पाँच जनासहित १६ जना सांससदले अविश्वासमा हस्ताक्षर गरेका हुन् ।
मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसंगै कर्णाली प्रदेश सभामा कँडेल सरकार अल्पमतमा परेको छ । अविश्वासको प्रस्ताव दर्ता गर्ने सांसदहरुले नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीका लागि प्रस्ताव गरेका छन् ।


फरकबाटो ३२ असार २०८३, बिहीबार २०:२६