डोल्पामा एक्स्काभेटर पुरिदा चालकको मृत्यु

सुर्खेत । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३ मा पर्ने झुम खोलामा पहिराले एक्स्काभेटर पुरिदा चालकको मृत्यू भएको छ । जिँउ–जुफाल जोड्ने सडक निर्माण गर्ने क्रममा आइतबार बिहान एक्स्काभेटर पहिराले पुर्दा चालकको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–१९ राँझा बाँकेका अन्दाजी ३१ वर्षीय सुरज बसाल मगर रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एसएसपी माधव श्रेष्ठले जानकारी दिए । घटनाको जानकारी पाउने वित्तिकै जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षक दिपक महत क्षेत्रीको टोली खटिएको थियो ।