रुकुम पश्चिममा १४ वर्षीया बालिका बलात्कृत

सुर्खेत । रुकुम पश्चिममा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । आठबीसकोट नगरपालिका –१४ बाँकेज्युलामा भलिबल खेल हेर्न गएकी १४ वर्षीया बालिकालाई सोही ठाउँका २६ वर्षीय झकल जैशीले बलात्कार गरेका हुन् ।

उनलाई अचेत अवस्थामा फेला पारेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार  बालिकाको अवस्था गम्भीर रहेको र नगर अस्पताल राडीमा सामान्य उपचारपछि थप उपचारका लागि आज नेपालगञ्ज रिफर गरिएको छ । जैशीको खोजिकार्य भइरहेको प्रहरीको भनाइ छ ।