जोर्डन जान लागेका १४ महिलासहित १५ जना विमानस्थलबाटै रोकिए


सुर्खेत । कागजात शङ्कास्पद देखिएको भन्दै जोर्डन जान लागेका १४ महिलासहित १५ जना विमानस्थलबाटै रोकिएका छन् । उनीहरूको कागजात अध्ययन गर्दा केही शङ्कास्पद देखिएकाले अनुसन्धानका लागि रोकिएको अध्यागमन विभागले जनाएको हो ।

जोर्डन जान लागेकामा एक जना पुरुष र १४ जना महिला रहेका छन् । विभागका महानिर्देशक झलकराम अधिकारीले डकुमेन्टहरू शङ्कास्पद देखिएकाले उनीहरूलाई हिजो अध्यागमन विभागबाट खटिएका कर्मचारीले रोकेका जानकारी दिए ।

उनीहरुको आधिकारिकरूपमा श्रम स्वीकृति नदेखिएको पाइएको छ । उनीहरूको श्रम स्वीकृति अनलाइनमा पनि नदेखिएको विभागको भनाइ छ ।