पर्यटन र राष्ट्रिय वन संरक्षण सम्बन्धी विधेयक पारित


सुर्खेत । कर्णाली प्रदेश सभाबाट दुई वटा विधेयक सर्वसम्मतले पारित भएका छन् । सोमबार बसेको प्रदेश सभाको नवौ अधिवेशनको छैठौँ बैठकले कर्णाली प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कर्णाली प्रदेश भित्रको राष्ट्रिय बनेको संरक्षण र सुव्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतीले पारित गरेको हो ।

योसँगै कर्णाली प्रदेश सभाबाट हालसम्म ३८ वटा विधेयक पारित भएका छन् । यस अघिका अधिवेशनका बैठकले ३६ वटा विधेयक पारित गरेको थियो ।

यस्तै प्रदेशसभा बैठकमा टेबुल भएर शैद्धान्तिक छलफल र संशोधन भएका विधेयकहरुको प्रतिवेदन पेश गरिएको छ । कर्णाली प्रदेशमा व्यापार व्यवसाय दर्ता तथा संचालन सम्बन्धमा बनेको विधेयक २०७७, प्रदेश औद्योगिक व्यवसायका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र उपभोत्ता संरक्षण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयककोसंशोधनसहितको प्रतिवेदन पेश गरिएको हो ।

यस्तै मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश लोकसेवा आयोग र मुख्य न्यायधिवक्ताको बार्षिक प्रतिवेदन २०७७\७८ बैठकमा पेश गरेका छन् । मुख्यमन्त्री शाहीले पेश गरेको प्रतिवेदन छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको छ ।