
सुर्खेत । जिल्ला प्रहरी कार्यालय कालीकोटले शनिबार दुईहजार लिटर भन्दा बढी घरेलु रक्सी नष्ट गरेको छ । शनिबार चलाएको आकस्मिक अभियानले २ हजार लिटर भन्दा बढी घरेलु रक्सी नष्ट गरिएको हो ।
जिल्ला र जिल्ला मातहतका २६ वटा प्रहरी युनिटको सकृयतामा ८ सय ४६ लिटर तयारी घरेलु रक्सी र रक्सी बनाउन तयारी हालतमा राखिएको १ हजार ५ सय २६ लिटर कच्चापदार्थ प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी सुबराज बमका अनुसार यति ठूलो संख्यामा एकै पटक प्रहरीले रक्सी नियन्त्रण गरेको यो पहिलो पटक हो ।
प्रहरीका अनुसार नष्ट गरिएको रक्सीमा मानव स्वास्थ्यमा लागि हानिकारक वस्तुहरु समेत भेटिएका थिए ।

फरकबाटो २३ पुष २०७९, शनिबार १९:४२