
सुर्खेत । लैङ्गिक हिंसा न्यूनिकरणका लागि न्यायिक सञ्जाल गठन गरिएको छ । नवज्योति केन्द्रले गठन गरेको न्यायिक समितिको अध्यक्षमा निर्मला वास्तोला चयन भएकी छन् । १५ सदस्यीय समिति गठन गरिएको हो ।
यस्तै उपाध्यक्षमा लक्ष्मी शाही, कोषाध्यक्षमा बिना चौधरी, सचिवमा देवी चपाइँ र सहसचिवमा निर्मला बिसी रहेका छन् । सञ्जालको सल्लाहकारमा सिस्टर रोसिटा र अधिवक्ता तथा अधिकारकर्मी गिता कोइराला रहेका छन् । सञ्जालले लैङ्गिक हिंसा प्रभावित महिलाहरुलाई आवश्यक सहयोग र परामर्श गर्ने जनाइएको छ ।
यस्तै महिलाहरुलाई बाख्रा पालन , बङ्गुर पालन , व्यापार व्यवसायको लागि ५जना व्यक्तिलाई बार्षिक छ प्रतिशत ब्याजदरमा २० हजारका दरले ऋण उपलब्ध गराएको छ । सञ्जालले एक जना हिंसा प्रभावित महिलालाई दुई हजार ३०० रुपैयाँ पनि सहयोग गरेको छ ।

फरकबाटो १७ चैत्र २०७८, बिहीबार १२:५८