स्ट्राइकर सावित्रा भण्डारीलाई डेंगु

सुर्खेत । नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारीलाई डेंगु संक्रमण भएको छ । साफ च्याम्पियनसीप खेल्ने राष्ट्रिय टोलीमा रहेकी उनी अस्वस्थ्य भएपछि गरिएको स्वास्थ्य परीक्षणमा डेंगु पुष्टि भएको हो ।

‘उनलाई डेंगु संक्रमण प्रमाणित भएको छ । प्रशिक्षक कुमार थापाले महत्वपुर्ण खेलाडी मैदानमा नभएको बताए ।

थापाका अनुसार आजको खेल (श्रीलंकाविरुद्ध) गुमाउने उनले निको नभए बाँकी खेल पनि गुमाउने छिन् । ‘उनलाई ज्वरो छ । अब यो खेल त खेल्न सक्दिनन्, अरु बाँकी खेलमा उनको रिकोभरी कस्तो हुन्छ त्यहि अनुसार हुनेछ, उनले भने ।

पहिलो खेलमा भुटानलाई हराएको नेपालले समुह ‘बी’को अन्तिम खेलमा श्रीलंकासँग खेल्ने छ । बेलुकी ५ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल ३ गोलभन्दा कमको अन्तरले हारे पनि नेपाल सेमिफाइनलमा पुग्ने अनुमान छ ।