रोशनको हत्यामा संलग्न पाँचजना विरुद्ध किटानी जाहेरी

सुर्खेत । वीरेन्द्रनगर १० बामेखोला सुर्खेतका रोशन जि.सीको हत्यामा संलग्न पाँच जना विरुद्ध किटानी जाहेरी परेको छ । मृतकका आफन्तले बुधबार सोही ठाउँका कुमार परियार, गणेश नेपाली, न्युटन शाही, मिनु नेपाली र प्रकाश सुनार विरुद्ध किटानी जाहेरी दिएका हुन् ।

आपसी बादविवद का कारण उनीहरुले रोशनको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरिक्षक सुरज कार्कीले जानकारी दिए । उनका अनुसार घटनाको सबै प्रारम्भिक अनुसन्धान सकिएको र भोली मात्रै पोष्टमार्टम गरिने भएको हो ।

मंगलबार राती तिजको दिन नाच हेर्ने क्रममा बिवाद भएपछि रोशनलाई ढुङ्गा प्रहार गरी हत्या गरिएको थियो ।