सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले बजेट प्रस्तुत गरेका हुन् ।
पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख रुपैयाँ अर्थात् ५९ दशमलव ७ प्रतिशत बजेट विनियोजन गर्रिएको छ भने चालूतर्फ ७ अर्ब ५७ करोड ५५ लाख ९२ हजार रुपैयाँ अर्थात् २४ दशमलव १२ प्रतिशत बजेट विनियोजन गरिएको हो ।
मुख्यमन्त्री रोगजार कार्यक्रममार्फत बेरोजगार व्यक्तिलाई रोजगारीको अवसर उपलब्ध गराउनको लागि कर्णालीमा एक अर्ब १६ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।
फरकबाटो १ असार २०८१, शनिबार १८:३२