
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले दलको बैठक बोलाएको हो ।
मंगलबार बिहान नौ बजे संघीय संसद भवनको ल्होत्से हलमा दलको बैठक बस्नेछ ।
कांग्रेससहित सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आइतबार जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।

फरकबाटो २ फाल्गुन २०७८, सोमबार १३:१६