अछामको ढकारी गाउँपालिकामा कांग्रेसको जित

अछाम । अछामको ढकारी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका प्रकाशबहादुर साउद निर्वाचित भएका छन् । उनी ३ हजार १८१ मतसहित विजयी भएका हुन्।

एमालेका धर्मबहादुर शाहीले २ हजार ५५५ र एकीकृत समाजवादीका शेरबहादुर बुढाले १ हजार ५९० मत पाएका छन् ।

उपाध्यक्षमा कांग्रेसकै नेत्रकला देवी शाही निर्वाचित भएका छन् । उनले ३ हजार १०० मत पाएका हुन् । एमालेकी माया देवि बुढाले २ हजार ५७३ र एकीकृत समाजवादीकी देवकला चलाउने खत्रीले १ हजार ५७८ मत पाएकी छिन् ।