गृहमन्त्री खाँण निर्वाचन हार्ने निश्चित

सुर्खेत । रूपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाँणले पराजय भोग्ने निश्चित भएको छ। जारी मतगणनामा गन्न बाँकी मत र राप्रपा उम्मेदवार दीपक बोहोराको अग्रता लगभग उस्ताउस्तै भएकाले खाण हार्ने निश्चित भएको हो।

मतगणना स्थलमा रहेका राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदयका अनुसार २२ सय मत गणना हुन बाँकी रहँदा राप्रपाका बोहोरा गृहमन्त्री खाणभन्दा २५ सय ३९ मतले अगाडि छन्। अहिले सियारी गाउँपालिकाका वडा नम्बर ३,५ र ७ को मत गणना भइरहेको छ।

केही घन्टामै अन्तिम मतपरिणाम घोषणा हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।