
सुर्खेत । बाजुरामा मतगणना सुरु भएको छ । आज बिहीवार दिउँसो साढे ३ बजे मतगणना सुरु हुने भने पनि झन्डै साढे दुई घण्टा पछाडि मात्रै सुरु भएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बोलाएको सर्वदलीय बैठकले साढे ३ बजेदेखि मतगणना गर्ने सहमति गरेको थियो । तर बैठकमा एमाले नआएपछि गणना सुरु भएको थिएन । आयोगको मतगणना गर्ने निणर्य गरेसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले बाजुरामा तेस्रो पटक सर्वदलीय बैठक बोलाएको थियो । तेस्रो पटक नेकपा एमाले सहभागी भएपछि मतगणना गर्ने सहमति भएको हो ।
मङ्सिर ४ गते भएको चुनावमा बाजुराको विभिन्न मतदान केन्द्रमा बुथ कब्जा भएको भन्दै एमालेले पुनः मतदान गर्नुपर्ने निवेदन दिएको थियो । तर निर्वाचन आयोगले हिजो बुधवार पुनः मतदान नभइ मतगणना गर्न निर्देशन दिएको थियो ।

फरकबाटो १५ मंसिर २०७९, बिहीबार १९:००