
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका शेरबहादुर देउवाले आउँदो चुनावबाट तीन तहका कांग्रेसका सरकार बनाउन आफू लागेको बताएका छन् ।
नेपाल महिला सङ्घले आज आइतवार काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा उनले आउँदो तीनै तहका चुनावमा विजय प्राप्त गर्ने कांग्रेसको लक्ष्य रहेको बताउँदै त्यसका लागि आफू लागिपरेको उल्लेख गरे ।
साथै उनले आफूलाई सभापतिमा पुनः विजयी गराउन पनि सबैलाई आग्रह गरे । पार्टीको १४ औँ महाधिवेशनमा उहाँले सभापति पदमा उम्मेदवारी दिएका छन् ।

फरकबाटो २६ मंसिर २०७८, आईतवार १९:०२