
सुर्खेत । निवर्तमान प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटारमा रहेको प्रधानमन्त्रीको सरकारी निवासबाट भाडाको घरमा सरेका छन् ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गएको आइतवार प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा बालुवाटरको सरकारी निवासबाट सरेका हुन् । बूढानीलकण्ठमा रहेको निजी निवास अहिले मर्मत भइरहेकाले उनी धुम्बाराहीमा रहेको भाडाको घरमा सरेका हुन् ।
देउवा २०७८ साल असार २८ गते पाँचौँ पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि सरकारी निवासमा बस्दै आएका थिए ।

फरकबाटो १३ पुष २०७९, बुधबार १५:५५