मतदाता भन्छन् : भोट तपाईलाई विकास हामीलाई

सुर्खेत । मंगलबार वीरेन्द्रनगर नगरपालिकाका मेयर पदका उम्मेद्धवार मोहनमाया ढकाल तथा उपमेयर निलकण्ठ खनाल सहितका उम्मेदवारहरु घरदैलो कार्यक्रम गर्दै वीरेन्द्रनगर ९ का पेम्बा गुरु¨को घरमा पुगे । वडा नं ९ मा घरदैलो कार्यक्रम अन्तर्रगत घरघरमा गई मेयर र उपमेयरले भोट माग्दै गर्दा गुरु¨ले पनि उम्मेदवारहरुसंग विकास मागे ।

‘हामीलाई राम्रो बाटो चाहिन्छ ।’ उनले भने “जसले लाटिकोइलीको बाटो राम्रो बनाउँछ मेरो भोट उसैलाई । तपाईहरुले लाटीकोइलीको बाटो र खानेपानीको ग्यारेण्टि गर्नेभए मेरो भोट तपाईहरुलाई ”

पेम्बा मात्रै होइन वीरेन्द्रनगर नगरपालिका वडा नं ९ की भावना गुरु¨ले समेत उम्मेदवारहरुसंग विकास नै मागिन् । वीरेन्द्रनगर नगरपालिकाको महिला स्वरोजगार कार्यक्रम मार्फत अटोचलाउँदै गरेकी भावनाले महिलाहरुलाई रोजगारीको ग्यारेण्टि गर्नुपर्ने र स्वरोजगार कार्यक्रम अनुदानमा आधारित हुनुपर्ने बताईन् ।

‘म वीरेन्द्रनगर नगरपालिकाको महिला स्वरोजगार कार्यक्रम मार्फत अटो पेशामा लागेकी छु ।’ उनले भनिन् “ यसैगरि अरु धेरै महिलाहरुलाई स्वरोजगारमा जोड्नुस् र महिला स्वरोजगार कार्यक्रम अनुदानमा आधारित गराउनुस् मेरो भोट तपाईलाई । ”

उनले मोहनमाया ढकाल उपप्रमुख हुँदा वीरेन्द्रनगरका थुप्रै महिलाहरु स्वरोजगार भएको भन्दै फेरीपनि महिलालाई नै नेतृत्व दिँदा महिलाहरुमा आर्थिक सम्बृद्धि आउने तर्क गरिन् ।

वीरेन्द्रनगर ९ मा नेकपा एमाले पार्टी प्रदेश इन्चार्ज यमलाल कँडेलको नेतृत्वमा घरदैलो कार्यक्रम गरिएको थियो ।