रुकुम पश्चिम । मालपोत कार्यालय रुकुम पश्चिममा टोकन प्रणालीको सुरुवात गरिएको छ । अनियमित र अव्यवस्थित सेवा भएको गुनासो बढे पछि सेवालाई सहज बनाउने टोकन प्रणालीको सुरुवात गरिएको मालपोत कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
यही माघ ४ गतेदेखि कार्यालयमा टोकन प्रणालीमार्फत सेवा प्रदान गर्न थालिएको हो । टोकन उपलब्ध गराएकै दिनमा सेवा प्रदान गरिने छ । तर, त्यही दिन काम सम्पन्न नभएमा अघिल्लो दिनको टोकन नम्बरअनुसार काम हुनेछ ।
फरकबाटो २३ माघ २०७८, आईतवार १७:५७