राजा विरेन्द्रको जन्म जयन्तीको अवसरमा वीरेन्द्रचोकमा दिपप्रज्वलन


सुर्खेत । स्वर्गीय राजा वीरेन्द्र शाहको ७८ औँ जन्म जयन्तीको अवसरमा सुर्खेतको वीरेन्द्रचोकमा दिपप्रज्वलन गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा दिप प्रज्वलन गरिएको हो । दिप प्रज्वलन कार्यक्रममा रा.प्र.पाका कर्णाली प्रदेश सांसद सन्तोषी शाही समेत सहभागी रहेकी थिइन् ।

कार्यक्रममा बोल्दै शाहीले देश बचाउनका लागि राजा फेरी फर्किनुपर्ने बताईन् । अहिले देश राजा बिनाको मौरी जस्तो भएकोले नागरिकको हितको लागि राजा फर्किनुपर्ने तर्क उनले गरिन् ।