जुम्लामा जीप दुर्घटनाः घटनास्थलमै एकजनाको मृत्यु

सुर्खेत । जुम्लामा जीप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । जुम्ला सदरमुकाम खलंगाबाट पातारासी गाउँपालिका तर्फ जादै गरेको ग १ ज ४०३५ नम्बरको जीप कोटा भिर भन्ने स्थानमा दुर्घटना भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

सोमबार अपरान्ह ४ बजे भएको उक्त जीप दुर्घटनामा परी पातरासी गाउँपालिका १ खालाढिक बस्ने अन्दाजी ४२ का छोजेन लामा को घटनास्थलमै मृत्यु भएको हो ।

घाइते सबैलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ भने १४ सिटे जीप भएपनि घाइतेहरुको संख्या अझै एकिन हुन नसकेको प्रहरीको भनाई छ । जीप ब्याक गर्ने क्रममा सडकबाट करिब ५० मिटर तल तिला नदीमा खसेको थियो ।