हुम्ला । जिल्ला प्रशासन कार्यालय हुम्ला सिल गरिएको छ । प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईलाई कोरोना संक्रमण देखिएपछि एक हप्ताको लागि कार्यालय सिल गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय हुम्लाले सोमबार बेलुका एक सूचना जारी गर्दै माघ १७ गतेदेखि २३ गतेसम्म शान्तिसुरक्षा र विपत् व्यवस्थापनबाहेक अन्य दैनिक सेवा प्रवाह बन्द गरिएको एक सूचना प्रकाशित गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी राईको हस्ताक्षर सूचानामा भनिएको छ ‘सेवा प्रवाह गर्दा सेवाग्राहीसमेतलाई संक्रमण फैलिने जोखिम हुने हुँदा दैनिक सेवा प्रवाह बन्द गरिएको हो ।’ सहायक प्रजिअ राईले शंका लागेर आफैं गएर कोरोना परीक्षण गराएको र संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालय प्रमुख प्रेम सिंहले बताए । सहायक प्रजिअको सम्पर्कमा आएका सबैलाई कन्ट्रयाक्ट ट्रेसिङ गरिने भएको छ ।

फरकबाटो १८ माघ २०७८, मंगलवार १०:१२