आगामी वर्षको नीति, कार्यक्रम सन्दर्भमा सरोकारवालासँग बृहत छलफल तथा सुझाव संकलन


दैलेख । आगामी आर्थिक वर्ष २०८१र०८२ को नीति, कार्यक्रम, योजना र बजेट तर्जुमा सन्दर्भमा गुराँस गाउँपालिका दैलेखले बृहत अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आज सरोकारवाला निकायहरुको सहभागीतामा सुझाव समेत संकलन गरिएको हो ।

कार्यक्रममा गुराँस गाउँपालिकाका राजनितिक दलका प्रतिनिधिहरु, गाउँपालिका अन्र्तगत विभिन्न सञ्जालहरु (महिला सञ्जाल, दलित सञ्जाल, यौनिक तथा लैगिंक अल्पसंख्यक, अपांगता सञ्जाल, बाल सञ्जाल, युवा सञ्जाल, एकल महिला, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतलाई आमन्त्रण गरिएको थियो ।

कार्यक्रममा सुझाव दिँदै सम्पुर्ण शिक्षकहरुको प्रतिनिधित्व गर्दै शिक्षक संघ गुराँसका अध्यक्ष कल्पना चन्दले शिक्षा विकासको पहिलो खुड्किलो भएकोले यसमा सरकारको ध्यान जानुपर्ने बताईन् । उनले पुर्वाधार विकास मात्रै विकास नभएको भन्दै मानव विकासलाई सरकारले गम्भिर भएर ध्यान दिनुपर्ने बताईन् । चन्दको नेतृत्वमा शिक्षाक्षेत्रमा काम गर्नुपर्ने १७ बुँदे सुझाव समेत शिक्षकहरुले दिएका छन् ।

यस्तै नेकपा एमाले गुराँस गाउँ कमिटी अध्यक्ष धर्मराज शाहीले एक गाउँ एक उत्पादन पकेट क्षेत्र घोषणा गरी उत्पादनलाई बजारीकरण गर्ने खालका कार्यक्रमहरु ल्याउनुपर्ने, विद्यालय तथा वडा कार्यालयसम्म जाने मोटरबाटोहरु सबै पक्की हुनुपर्ने, नेपाल सरकारले निशुल्क वितरण गर्ने औषधिहरुको अनिवार्य उपलब्धता हुनुपर्ने लगायतका सुझाव दिएका छन् ।

मजदुर किसान पार्टी गुराँसका अध्यक्ष हस्तबहादुर घले गुरुङले प्रत्येक वडामा बाल उद्यान र शिसु स्याहार केन्द्र स्थापना संगै विपन्न बालबालिकाहरुलाई पोशाक र शिक्षामा ग्यारेण्टि तथा स्वास्थ्यमा समेत पहुँच बृद्धि गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा नेकपा माओबादी केन्द्र, सामुदायिक वन उपभोक्ता महासंघ, बाल सञ्जाल, महिला स्वास्थ्य स्वयम्सेवीका लगायतका २५ वटा क्षेत्रबाट प्रतिनिधित्व गरेको व्यक्तिहरुले सुझाव दिएका थिए ।

एकसय जना भन्दा बढीको सहभागीतामा सम्पन्न कार्यक्रममा सम्पुर्ण वडा अध्यक्षहरुको तर्फबाट धारणा राख्दै वडा नं ४ का वडा अध्यक्ष खड्कबहादुर शाहीले कृषि क्रान्ति गरे मात्रै विकास सम्भव भएको बताए ।

कार्यक्रमको समापन गर्दै गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बि.सीले सबै सरोकारवालाहरुलाई बोलाई बृहत छलफल गर्नुपनि योजना तर्जुमाका सात चरणहरुभित्रै पर्ने कुरा राख्दै पारदर्शि , जवाफदेहि सरकारले बजेट निर्माणकै चरणबाट सरोकारवालाहरुको सहभागीता गराउनुपर्ने बताए ।

संविधान र स्थानीय सरकार सञ्चालन ऐनको मर्मबमोजिम आँफुहरुले असल अभ्यासको थालनी गर्दै सम्पुर्ण राजनितिक दलका प्रतिनिधि तथा पुर्व जनप्रतिनिधिहरुलाई समेत कार्यक्रममा आमन्त्रण गरिएको बि.सीले बताए ।
सभा सञ्चालनका लागि अँझै केही दिन बाँकी भएकोले सामाजिक सञ्जाल तथा कार्यालयको इमेल मार्फत समेत सुझाव दिन सम्पुर्ण गुराँस बासीहरुलाई उनले आग्रह समेत गरे ।