नेकपा एमालेका योगेन्द्र शाही माओबादी केन्द्रबाट निर्वाचन लड्दै

एमाले त्यागेका योगेन्द्रको एमालेका विनोद शाहसंगै भिडन्त, कसले मार्ला बाजी ?

सुर्खेत । नेकपा एमाले केन्द्रिय अर्थ तथा योजना विभाग सचिव योगेन्द्र बहादुर शाहीले नेकपा माओबादी केन्द्र दैलेख क्षेत्र न २ (ख) बाट निर्वाचन लड्ने भएका छन् । नेकपा एमालेबाट कर्णाली प्रदेश योजना आयोगको सदस्य समेत भइसकेका  शाहीले शनिबार सांँझ एमाले परित्याग गरेको जानकारी सामाजिक सञ्जाल मार्फत दिएका थिए ।

नेकपा माओबादी केन्द्र कर्णाली प्रदेश कार्यालयका अनुसार उनलाई निर्वाचनमा भिडाउन नेकपा माओबादीका नेताहरु अहिले पनि छलफलमा जुटेका छन् । उनी नेकपा एमालेका प्रदेश अध्यक्ष विनोद शाहकै प्रतिस्प्रर्धि रहनेछन् ।

एमालेबाट प्रदेश सभा सदस्यका लागि टिकटको दाबेदार रहेका योगेन्द्रबहादुर शाहीले टिकट नपाएपछि एमाले त्यागेका हुन् ।