कर्णालीको जनसंख्या एक लाख २४ हजारले बढ्यो

कर्णालीको जनसंख्यामा १६ लाख ९४ हजार ८८९

सुर्खेत । कर्णाली प्रदेशको जनसंख्या एक लाख २४ हजारले बढेको छ । तथ्यांक विभागले सार्वजनिक गरेको जनगणना २०७८ को प्रारम्भिक विवरण अनुसार एक लाख २४ हजार ४७१ ले कर्णालीको जनसंख्या बढेको हो । कर्णालीको जनसंख्या १६ लाख ९४ हजार ८८९ पुगेको छ ।

जनगणना २०६८ मा कर्णालीको जनसंख्या १५ लाख ७० हजार ४१८ रहेको थियो । अन्य प्रदेशको तुलनामा सबै भन्दा कम जनसंख्या कर्णालीको रहेको छ ।

कर्णालीको लैंगिक अनुपात ९५ दशमलब ५८ रहेको छ । २०६८ को जनगणनामा लैंगिक अनुपात ९५ दशमलब ६९ रहेको थियो ।
यस पटकको जनगणनामा नेपालको जनसंख्या दुई करोढ ९१ लाख ९२ हजार चार सय ८० पुगेको छ ।