टोल टोलमा सरसफाई अभियान

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकालाई स्वच्छ र सुन्दर बनाउने उद्देश्यले टोल–टोलमा सरसफाई अभियान संचालन गरिएको छ । वीरेन्द्रनगर नगरपालिका, सयूक्त राष्ट्र संघिय विकास कार्यक्रम फिल्ड कार्यालय सुर्खेत र अन्तरनिर्भर समाज सुर्खेतको साझेदारीमा हरित पुर्नउत्थान परियोजना अन्र्तगत टोल– टोलमा सरसफाई अभियान संचालन गरिएको हो ।

शुक्रबार वडा कार्यालयको नेतृत्वमा वडा नं ८ को रिङ्घ रोड र संगम टोलमा सरसफाई अभियान संचालन गरिएको थियो । घर–घरमा गएर सरसफाई सम्बन्धि सचेतना जगाउनुका साथै सडकमा समेत सरसफाई गरिएको हो । अन्र्तरनिर्भर समाजका कार्यक्रम व्यवस्थापक बिवेक शाहीले वीरेन्द्रनगर नगरपालिकालाई सुन्दर नगर बनाउन सहयोग पु¥याउने उद्देश्यले टोल–टोलमा सरसफाई अभियान संचालन गरिएको जानकारी दिए ।

उनका अनुसार सरसफाई अभियानका लागि स्वयसंसेवक १० जना र सरसफाई अभियानकर्ता ३० जनाको व्यवस्था गरिएको छ । संस्थाका सरसफाई अभियान्ता, टोलबासीहरु, जनप्रतिनिधिहरु मिलेर सरसफाई अभियान निरन्तर चलिरहेको उनको भनाई छ । ‘यो अभियान सधै हामीले गर्ने भन्ने होइन । आफ्नो ठाउँको, टोलको सरसफाईका लागि प्रत्येक घर–घरबाट निस्कनुपर्छ भन्ने हाम्रो उद्देश्य हो ।, उनले भने ।,
सरसफाई घरको मात्र नभएर आफ्नो वरपर ठाउँको पनि गर्नुपर्छ भन्ने महसुस होस् भन्ने आँफुहरुको अपेक्षा भएको उनले सुनाए । सरसफाई अभियान अन्र्तगत घरको फोहोर छुट्टाउने र कुहिने फोहोरको घरमै कम्पोष्ट मल बनाउन प्रेरिरत गराएर फोहोर व्यवस्थापनमा सहयोग पु¥याउने अभियानको उदेश्य भएको उनले बताए ।

सरसफाई अभियानमा वीरेन्द्रनगर नगरपालिका वडा नं ८ का वडा सदस्य थिर बहादुर शाहीले वडा बासीलाई आफ्नो घर वरपर सफा राख्न अनुरोध गरे । उनले कुहिने र नकुहिने फोहोर छुट्टाएर फोहोर लिन आउने गाडीमा हाल्न आग्रह समेत गरे । यदि नगरपालिकाबाट फोहोर उठाउने गाडी समयमै नआए आफुलाई खबर गर्न पनि वडा बासीहरुलाई उनले सुझाव दिए ।