पूर्वमन्त्री मिथिला चाैधरीको निधन

काठमाण्डौ । पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रवार राति निधन भएको छ । भारतको दिल्लीमा रहेको एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको निधन भएको छोरी रक्षाले जानकारी दिइन् ।

मिथिला संविधानसभा सदस्यसमेत रहेकी थिइन् । नेकपा (संयुक्त) को सांसद रहेको बेला उहाँले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन् । उनका श्रीमान्, एक छोरा र दुई छोरी छन् ।