बहुमतले कर्णालीको बजेट प्रदेश सभाबाट पारित

सुर्खेत । कर्णाली प्रदेशको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट बहुमतले पारित भएको छ । सोमबार बसेको प्रदेश सभाको २३ औँ बैठकले आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको हो । आर्थिक विधेयक २०७९\०८० पनि बहुमतले पारित भएको छ

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको बजेट ल्याएको थियो । प्रदेश सरकारले चालुतर्फ नौ अर्ब १६ करोड ९९ लाख १० हजार, पुंजिगततर्फ १९ अर्ब ४३ करोड पाँच लाख २४ हजार र स्थानीय तहमा वित्तिय हस्तान्तरणतर्फ चार अर्ब एक करोड ५७ लाख २९ हजार रुपैयाँ विनियोजन गरेको छ ।