गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा नागरिकको पहुँचमा पु¥याउन आवश्यक

सुर्खेत । गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा जनताको घरघरमा पुग्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

मानवअधिकार तथा शान्ति समाज सुर्खेतको २१ औं साधारणसभाको अवसरमा आयोजित गुणस्तरीय स्वास्थ्य सेवा, वैज्ञानिक शिक्षा सवैको अधिकार विषयक अन्तर सम्वाद कार्यक्रमका सहभागीहरुले गाँस, बास कपाससँगै गुणस्तरीय स्वास्थ्य सेवा र बैज्ञानिक शिक्षा जनताको घरघरसम्म पुग्नुपर्नेमा जोड दिए ।

उनीहरुले न्यूनतम औषधिको अभाव भोगिरहने र बैज्ञानिक शिक्षा पनि नपाइरहेका कर्णाली प्रदेशका बासिन्दाका लागि घरघरसम्म स्वास्थ्य सेवा शिक्षा पुग्नुपर्ने बताए । ठूलो अस्पतालभन्दा गाउँ तहमा रहेका स्वास्थ्य संस्थाहरुलाई सक्षम बनाउनुपर्ने, रोजगारमूलक शिक्षा दिनुपर्ने अहिलेको आवश्यकता रहेको उनीहरुको भनाइ छ ।

मानअवधिकार तथा शान्ति समाज सुर्खेतका सभापति प्रकाश शाहीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष कृष्ण रावल, जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देल, समाजका केन्द्रीय सचिव पुष्पा मल्ल कोइराला, संस्थापक अध्यक्ष गोविन्द कोइराला, डा. नवराज केसी, काँग्रेस वीरेन्द्रनगर सभापति उपेन्द्र खड्का, माओवादी केन्द्रका नगर अध्यक्ष रत्न गाहालगायतले गुणस्तरीय स्वास्थ्य सेवा बैज्ञानिक शिक्षाको आवश्यक बढ्दै गएको बताएका थिए ।

समाज सुर्खेतका उपसभापति प्रेम भण्डारीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव दिपक गौतमले गरेका थिए ।