जनगणना २०७८ :  प्रदेश प्रमुख परियारको पारिवारिक विवरण संकलन

सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारकोे राष्ट्रिय जनगणनाका लागि पारिवारिक विवरण संकलन गरिएको छ । बिहीबार गणकको टोलीले प्रदेश प्रमुख परियारको पारिवारिक विवरण संकलन गरेको हो ।

जनगणनाका लागि तयार गरिएको प्रश्नावलीहरु प्रदेश प्रमुख परियारलाई सोधिएको थियो । ‘मेरो जनगणना, मेरो सहभागिता’ नारासहित मंसिर २५ गतेदेखि सुरु भएको जनगणना आज सकिँदैछ ।

जनगणनाका लागि देशभर ८ हजार ५ सय सुपरीवेक्षक र ४० हजार गणक कर्मचारी खटाइएको छ । जनगणनाका क्रममा प्रत्येक परिवारलाई ८० वटा प्रश्न सोधिँएको छ ।