अनलाइन मिडिया नेटवर्कको संयोजकमा शाही

सुर्खेत । अनलाइन मिडियालाई व्यवस्थित गर्न सुर्खेतमा अनलाइन मिडिया नेटवर्क गठन गरिएको छ । अनलाइन मिडिया सञ्चालन गरिरहेका पत्रकारहरुको एक भेलाले पत्रकार नविन शाहीको संयोजकत्वमा १४ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

शाही दुल्लु खबर डट कमका सञ्चालक एंवम् कार्यकारी सम्पादक हुन् ।

यसैगरी अनलाइन मिडिया नेटवर्कका सदस्यहरुमा नेपाल गाथा डट कमका त्रिभुवन बिसी, क्वीक खबर डट कमका खगेन्द्र अधिकारी, आयो रैबार डट कमका जीवन शाही, नेपाली रैबार डट कमका नविन सुवेदी र सुशील खड्का, बुलबुले खवर डट कमका बुद्धि सिंह ठकुरी, द त्रिरत्न डट कम डट एनपीका प्रवाशकुमार शाक्य, उज्यालो रैबार डट कमका रेवती रमन उपाध्याय, दर्शन खवर डट कमका युवराज पंगाली, फरक बाटो डट कममा सीता ओली, एक सञ्चार डट कमका अप्सरा विष्ट र होस्ट खवर डट कमका भानु अधिकारी रहेका छन् ।