सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक आज पनि नबसेर नै स्थगित भएको छ । आइतबार प्रमुख प्रतिपक्ष दल एमालेले बजेटमाथि असन्तुष्टी जनाउँदै बैठक अवरुद्ध गरे पछि आज ३ बजे सम्मका लागि स्थगित भएको थियो ।
प्रदेश सभा सचिव जिवराज बुढाथोकीले भोलिसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए । सोमबार सर्वदलीय बैठक बसेपनि बैठक निष्कर्ष बिहिन बने पछि प्रदेश सभाको बैठक मंगलबारसम्म लागि स्थगित गरिएको हो ।
प्रदेश सरकारले एकलौटी, असन्तुलित, र प्रतिपक्षसँग गरेको सम्झौता विपरित बजेट ल्याएको भन्दै विरोध गरेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजारको बजेट ल्याएको छ ।


फरकबाटो १३ असार २०७९, सोमबार १७:५७