मुगुमा एकै परिवारका चारजनाको शव फेला


सुर्खेत । मुगुको छाँयानाथरारा नगरपालिका वडा नम्बर ६ मन्दमा एकै परिवारको चारजनाको शव फेला परेको छ । श्रीदेवी बोहरा र उनका तीन जना छोराछोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ ।

ज्यान गुमाउनेहरुमा २८ वर्षकी श्रीदेवी उनका ११ वर्षका छोरा मनोज, आठ वर्षकी छोरी अप्सरा र आठ महिनाका छोरा रहरको शव फेला परेको हो ।

श्री देवीका श्रीमान् दिपक बोहरा भने वैदेशिक रोजगारीका लागि कतारमा रहेका छन् । जिल्ला प्रहरी कार्यालय मुगुले हत्याको आशंका रहेको र थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।