
सुर्खेत । शनिबार दिउँसो हावाहुरीका कारण फेवातालमा डुङ्गा पल्टिँदा एकजनाको मृत्यु भएको छ । पोखरा १ बगरकी ७० वर्षीया याममाया गिरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
शनिबार साढे ४ बजेतिर चलेको हावाहुरीले उनी चढेको डुङ्गा पल्टिएपछि सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको थियो । घाइतेको उद्धारपछि उपचारको लागि गण्डकी मेडिकल कलेज लगिएको र उपचारकै क्रममा उनले मृत्यु भएको हो ।
आजै फेवातालमा हावाहुरीले गर्दा अर्को एउटा डुङ्गा पनि पल्टिएको थियो । त्यसमा रहेका चार जना युवाको सकुशल उद्धार गरिएको थियो ।

फरकबाटो २० फाल्गुन २०७९, शनिबार १९:४०