शिक्षाबाट कोही बञ्चित हुनुहुँदैन : उपप्रमुख खनाल

सुर्खेत । शिक्षाबाट कोही बञ्चित हुनुनहुने वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले बताएका छन् ।

मंगलबार युनिसेफ नेपालको सहयोगमा बागेश्वरी असल शासन क्लबको समन्वयमा वीरेन्द्रनगर नगरपालिकामा बुवा आमा गुमाएका बालबालिकालाई पठनपाठनको लागि आर्थिक सहयोगको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उक्त कार्यक्रममा बोल्दै उपप्रमुख खनालले शिक्षा सबैका लागि अनिवार्य भएको बताए । शिक्षाले नै मानिसलाई परिवर्तन बनाउने उनले बताए । वीरेन्द्रनगरमा बेसाहारा बालबालिकाहरुको शिक्षाका लागि केही काम गर्ने प्रतिवद्धता खनालले दिएका छन् ।

बुवा आमा गुमाएका र आर्थिक अवस्था कमजोर भएर विद्यालयबाट जान नपाएका वीरेन्द्रनगर नगरपालिकाका ९ जना बालबालिकालाई पठनपाठनको लागि आर्थिक सहयोग गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै बागेश्वरी असल शासन क्लवका पूर्व केन्द्रीय अध्यक्ष मन भण्डारीले बागेश्वरी क्लबले लामो लामो समयदेखि बालबालिकाको संरक्षण गर्दै गरेको बताए । उनले आर्थिक अभावका कारण कोहीपनि बालबालिका शिक्षाबाट बञ्चित हुननपरोस् भन्ने उदेश्यले सहयोग गर्ने गरेको बताए ।

कार्यक्रममा नगरपापलिकाका सामाजिक विकास अधिकृत टंक लामिछाने, महिला तथा बालबालिका शाखा प्रमुख सरला रेग्मी, बासका पुर्व केन्द्रीय अध्यक्ष मन भण्डारी, कर्णाली प्रदेश संयोजक धिरेन्द्र शाही लगाएतको सहभागीता रहेको थियो ।